June 7, 2026, Sunday
२०८३ जेष्ठ २४, आईतवार

अनुरोध

आऊ मेरी निकट अझ झन् खास होस् यादगार
प्रमी गाथा सरस रसिला जिन्दगीका हजार ।।
तिम्रा न्याना हृदय मदभै प्राण प्यारो हुने छ
मेरो काया मन मगज नै कल्पनाले छुने छ ।।
 
गूलाफी ती अधर सुखले मुस्कुराउन पाऊन्
आस्था हाम्रो अटल मनमा कीर्ति राखेर आऊन् ।।
छाया तिम्रो सहज म बनूँ बिम्ब चाहिन्न मेरो
फुल्दै फल्दै  मिलन रसको हुन्छ मायालु घेरो ।।
 
मेरी माया अजर रसिली प्राणभित्र गडेकी
मुस्काएका अधर चहकी नेत्र भै छ्यौ जडेकी ।।
पाऊ तिम्रा सरल कलिला पुष्प पत्रादि छ्यौ कि
ईष्या गर्लान् समर जगमै स्वर्गबाटै झ¥यौ कि ।।
 
मीठो बोली मृदुल रसको आत्म आनन्द मेरो
हिस्सी हाँसो कुसुम वनको पार्वतीको पँधेरो ।।
झर्झर् झर्ना अविरल गती चाल चाल्छ्यौ मभित्र
जादू भर्दै तन र मनमा पसिद्यौ भित्र भित्र ।।