Epaper
Contact Us
January 14, 2025, Tuesday
२०८१ माघ १, मंगलवार
गृहपृष्ठ
साहित्य
समाचार
शिक्षा
खेलकुद
लेख
प्रतियोगिता
सहभागिता
प्रतियोगिता
साहित्य
हस्तलेखन
चित्र÷तस्बिर
मैले पढेँ
फोटो फिचर
English
साहित्य
प्रतीक्षा
सुधेन्दु शेखर त्रिपाठी
२०७८ पुष ९
609 views
प्रतीक्षा गर,
हो प्रतीक्षा गर,
हाँगाहरूबाट
पँहेलिएका पातहरू मात्रै झरेका हुन्
पात झर्दैमा रुख मर्दैन
पातसँगै रुख झर्दैन
जराहरू त जिउँदै छन्
हाँगाहरू पाउलिने छन्
फूलहरू फुल्ने छन्
चराहरू डुल्ने छन्
एउटा हाँगाबाट अर्को हाँगामा
चिरबिर गर्दै,
अनि दूर सहरमा
कोकिलको कुहुकुहु सुन्दै
ढल्दै गरेको गुलाबी साँझको पृष्ठभूमिमा
तिम्रो आवरणबाट
सँगै उडेका जोडी पक्षीहरू हेर्दै,
तरङ्गित हुदैँ, प्रेमिल सपनाहरू बुन्दै
कुनै नवविवाहिता
केही क्षण, मौनतामा विलिन हुन्छे,
सुन,
पत्ताहरू आज झरे त के भो ?
शीतलता जीवित तिमीभित्रै छ
फूलहरू आज फुलेनन् त के भो ?
ती रङ्गिन फूलहरू तिमीभित्रै छन्
त्यो चिरबिर, त्यो सङ्गीत तिमीभित्रै छ
कुहिराले आज ढाक्यो त के भो?
त्यो गुलाबी लालिमा तिमीभित्रै छ
दियो आज जलेन त के भो?
पूर्णिमाको उजास त तिमीभित्रै छ
हिम्मत आज जुटेन त के भो?
सगर बोक्ने साहस तिमीभित्रै छ।
दिल आज टुट्यो त के भो?
प्रेमिल सपनाहरू तिमीभित्रै छन्
ती सपनाहरू साकार हुने छन्
ती प्रार्थनाहरू स्वीकार हुने छन्
बस,
अविचलित भई,
प्रतीक्षा गर वर्षाको
प्रतीक्षा गर वसन्तको
लेखकको सम्वन्धमा
सुधेन्दु शेखर त्रिपाठी
More from author
प्रतिकृया दिनुहोस्
शीर्ष समाचार
पहाड
ग्रिष्मा महर्जनको चित्रकला
दिलको कुरा हो …
मेरा जीवनको लक्ष्य
योङ्ग पिकासोका दुई कार्यक्रम सम्पन्न
धेरै पढिएको
ग्रिष्मा महर्जनको चित्रकला
२०८१ पुष २५
पहाड
२०८१ पुष २६
लेखकको सम्वन्धमा