January 14, 2025, Tuesday
२०८१ माघ २, बुधबार

आमा

सकल जगतको राम्रो प्रेमको वाक्य आमा।
घरमा भए त आमा बन्छ भन्छन् त्यो धाम।।
ढल्किगयो उमेर पनि त चाउरि पर्यो गालामा।
बृद्ध आश्रम छोरो खोज्छ आमालाई त लान।।
 
बुढी भइन् मेरि आमा अब यहि रख्दिनोस्।
नगद पनि दिने छु चाहेजत्ति लिनुहोस्।।
घरमा अरू पनि छन् आमा आमा देख्नै हुँदैन।
यहि पिरचिन्ताले हातले काम छुँदैन।।
 
मलाई त मन तेत्ती छैन आश्रम्मा लान।
आमा पनि भनिरहन्छिन् देऊ एकगाँस खान।।
एक कुनामा बसौँला बड्दछ तिम्रो सान।
मुटुको टुकुरा तिमी हौ शक्तिनँ छोडि जान।।
 
तिम्रो जनम हुँदा म खुसीले हर्ष थिएँ।
दुःखजति आफू खपेँ तिमिलाइ माय दिएँ।।
चुसाईकन त छाती आफू आनन्द थिएँ।
जति थिए सीपज्ञान जानेका जत्ति दिएँ ।।
 
तिम्रो पनि त छ छोरो हो मेरो प्रिय नाति ।
देखिर छ उसले यो जे जे गर्यौ ममाथि ।।
घुमिफिरि उहीँ चक्र आउँदछ फेरि पालो।
दिन मात्र सधैं हुदैन आउँदछ रात्रि कालो।।