Epaper
Contact Us
January 14, 2025, Tuesday
२०८१ माघ २, बुधबार
गृहपृष्ठ
साहित्य
समाचार
शिक्षा
खेलकुद
लेख
प्रतियोगिता
सहभागिता
प्रतियोगिता
साहित्य
हस्तलेखन
चित्र÷तस्बिर
मैले पढेँ
फोटो फिचर
English
सहभागिता
साहित्य
मानवता र शान्ति
अन्तरा विष्ट
२०७८ पुष ६
375 views
अन्तरा विष्ट
कक्षा : १०
पाठशाला नेपाल फाउन्डेसन
बागडोल ललितपुर
परेवा उड्नुपर्ने शान्तिभूमिको नभमा
गिद्ध सल्बलाएको आभास हुन थालेको छ !
कोलाहल छ, छट्पटी छ, अत्यास र उकुसमुकुस छ
प्रकृतिले प्राणवायु उपहार दिएर के गर्नु ?
मूल्य तिरेर पनि एक घुट्को श्वास लिन नपाउँदा
अनाहकमा अमूल्य ज्यान गुमाउन बाध्य हुनुपरेको छ !
परेवा उड्नुपर्ने शान्तिभूमिको नभमा
गिद्ध सल्बलाएको आभास हुन थालेको छ !
इन्द्रधनुषी आकाङ्क्षा पूरा हुने पर्खाइमा
अनिश्चितताको कालो बादल मडारिरहेको छ
शान्त र भयरहित रम्नुपर्ने मनहरू
आक्रान्त र भयभीत सन्नाटामा हराएका छन्
परेवा उड्नुपर्ने शान्तिभूमिको नभमा
गिद्ध सल्बलाएको आभास हुन थालेको छ !
प्रकृति र मानव बिचको द्वन्द्वमा
प्रविधि र विकासले आगोमा घिउ थपिदिँदा
प्राकतिक प्रकोप र विनाशसँग समृद्धि लजाएको छ
भगवान् बुद्धको जन्मभूमिमा शान्तिले गिज्याएको छ
मानवता छट्पटाएको छ ।
परेवा उड्नुपर्ने शान्तिभूमिको नभमा
गिद्ध सल्बलाएको आभास हुन थालेको छ !
लेखकको सम्वन्धमा
अन्तरा विष्ट
More from author
प्रतिकृया दिनुहोस्
शीर्ष समाचार
धीरकुमार श्रेष्ठका दुई कृति लोकार्पण
पहाड
ग्रिष्मा महर्जनको चित्रकला
दिलको कुरा हो …
मेरा जीवनको लक्ष्य
धेरै पढिएको
ग्रिष्मा महर्जनको चित्रकला
२०८१ पुष २५
पहाड
२०८१ पुष २६
धीरकुमार श्रेष्ठका दुई कृति लोकार्पण
२०८१ माघ १
लेखकको सम्वन्धमा