विद्यार्थी

मनोहर माध्यमिक विद्यालय
कक्षा : ११
एउटा हातमा कलमकपी अर्को हातमा झोला
भविष्यको कर्णधार विद्यार्थी नै होला ।
भिविष्यको कर्णाधार आजको ज्ञाता
जिन्दगीमा कति मिठो विद्यार्थीको नाता
कति ज्ञान होला त्यहाँ दिव्यार्थीको मनमा
विद्यार्थी त बन्नुपर्छ राम्रो पलपलमा ।
आज तिमी राम्रो बन भोलि ठुलो हुन्छौ
अनुशासित भई तिमी सफलता नि चुम्छौ
संसारमा प्रख्यात भई राम्रो मान्छे हुन
राम्रोसँग पढ तिमी सगरमथा छुन ।
बरालिएर हिँड्यौ भने पर्ला फेरि रुन
ठुलो मान्छे बन्नलाई लडाइँ गर्न हुन्न
गुरुहरूले पढाएको राम्रोसँग सुन
अज्ञानतालाई छोडी तिमी ज्ञानलाई चुन ।
देश विकास गर्नलाई राख हातमा हात
तिमी हामी सबै मिली दिऔँ त्यसमा साथ
एकत्रित भई हामी गरौँ देशको विकास
विद्यार्थीले चुम्न सक्छन् सफलताको आकाश ।
लेखकको सम्वन्धमा