March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

प्राकृतिक विपत्ति

लभाना पोखरेल
कक्षा : १०
पाठशाला नेपाल फाउन्डेसन
बागडोल, ललितपुर
 
हे प्रकृति तिम्रो सामु
माने मैले हार
कोही टिक्न सक्दैन रैछ
अघि तिम्रो प्रहार ।
 
यी पृथ्वीका मानिस ठान्थे आफूलाई
सबैभन्दा उच्च
तर साबित गरिदियौ तिमीले
तिम्रो अघि रैछन् ती सबै घमन्डी तुच्छ ।
 
प्रकोप बनी आएर बनायौ
सबैलाई टुहुरा र बेघर
ती करोडपति भनाउँदाको
झार्यौ निमेशभरमै तेवर ।
 
बिहानको न्यानो घाम नि तिमी
रात्रिको शीतल नि तिमी
तर विनाश भए तिम्रो
त्यो भयानक गड्गडाहट पनि तिमी ।
 
कहिले भूकम्प त कहिले बाढी
कहिले पहिरो त कहिले आँधीबेहरी
यो मानव सभ्यतालाई सबक सिकाउन
उत्तेजित हुन्छ्यौ तिमी अब कति फेरि ?
 
जुन बालकलाई आफ्नो काखमा हुर्कायौ
त्यही बालकले पछि गई विकृत पारिदिन्छ तिम्रो सुन्दरतालाई
कसरी रहन सक्छौ तिमी शान्त ?
हे प्रकृति मानेँ मैले तिम्रो सहनशीलतालाई ।
 
मानव तिम्रो अत्याचारको कुनै छैन खोप
सुध्रीहाल नत्र डाइनोसर झैँ होलाऊ तिमी लोप
प्रकृतिको ताण्डवअगाडि
फेरि गर्नुपर्ला शोक, गर्नुपर्ला शोक ।