परिश्रम

परिश्रम हो हाम्रो अघि बढ्ने पाइलो
परिश्रम नै हाम्रो सामाजिक साङ्लो।
संसारमा कीर्ति राखे कसैले
परिश्रम गरेका थिए उनैले ।।
 
परिश्रम बिनाको फल नहुने
फल नपाएपछि दुःख पाउने उनले ।
मोति झै पसिना परिश्रमिका
विष झै हुने अलछी मानिसका ।।
 
परिश्रमीको हुन्छ छेउछाउ
निको हुने छ दिन दुःखिको घाउ ।
दुःख र सुखको पालो हुँदैन
परिश्रमीको नजिक पर्दैन ।।
 
आँखामा आँसु कहिल्यै नहुनु,
परिश्रम गरी सधैँ अघि बढ्नु ।
परिश्रममै लुकेको छ हाम्रो चाहना
परिश्रममै लुकेको छ हाम्रो जीवन ।।