June 19, 2024, Wednesday
२०८१ असार ६, बुधबार

प्रकृति

कैलेकाहीँ पानी पर्ने   
कैहिले घाम लाग्ने
कैले भने आकाशमा 
इन्द्रेणी पो लाग्ने ।
 
कैले बाढी कैले पैरो
प्रकृतिको खेल पो हो
पुतलीलाई रस चुस्न 
दिनु पनि मेल पो हो ।
 
पूर्वबाट घाम झुल्की 
उज्यलो पो भयो
उज्यालाका साथसाथै
अध्यारो दूर गयो ।
 
सम्मान गरौँ प्रकृतिलाई
इज्जत गरौँ प्रकृतिलाई
नगरौँ है विनास हामी
बचाइराखौँ प्रकृतिलाई ।