साथीको सम्झना

आदर्श आजाद मावि, भक्तपुर
कक्षा : १०
हिजो अस्ति भएको साथीसँगको भेट
सानोतिनो झगडा भई सम्बन्धको गहिरो मेल
साथीले सानो कुरा भन्दा दुख्ने मेरो मन
सँगै बस्ने सँगै खाने थियो हाम्रो रहर ।
सोचेका थियौँ धेरै सपना र पाइला सँगै चाल्ने
समयले दाथ दिएन, काम गर्न थाल्यौँ हमी एकअर्काको मन काट्ने
हाम्रो गहिरो सम्बन्धमा भगवान्को नजर कसरी पुग्यो कुन्नि
कानै नहुनेहरूले पनि हाम्रो मनका कुरा पूरै सुन्दिने ।
कहिलेकाहीँ दियौँ एकअर्कालाई कहिल्यै नछुट्ने साथ
समस्या आइपर्दा सहयोग गरी मिलायौँ दुवै हात
राख्यौँ अनेक सम्बन्ध, बाचा र कसम
तिम्रो लागि मेरो मनमा भएको विचार कसरी भनम ?
तिमीबाट टाढा भई जिउनु छैन मलाई
याद आउने छ एकदिन साँच्चै मेरो तिमीलाई
जिउँथ्यौ पहिला दुवै जना हाँसीखुसी रमाई रमाई
छुट्नुपर्यो अहिले हामी दुवै जना गर्नलाई कमाई ।
लेखकको सम्वन्धमा