Epaper
Contact Us
January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार
गृहपृष्ठ
साहित्य
समाचार
शिक्षा
खेलकुद
लेख
प्रतियोगिता
सहभागिता
प्रतियोगिता
साहित्य
हस्तलेखन
चित्र÷तस्बिर
मैले पढेँ
फोटो फिचर
English
साहित्य
तिमी त पढेलेखेकी ज्ञानी छ्यौ
अमला ढुङ्गेल
२०७८ मंसिर ११
610 views
म पढेलेखेकी छु
त्यसैले ज्ञानी छु ।
म मेरो ज्ञान बाँड्न चाहन्छु
तर, कसले लिन चाहन्छ मेरो ज्ञान ?
यहाँ, ज्ञानी अबुझ छन्
अज्ञानी सुझ छन्
त्यसैले मेरो ज्ञानमा अज्ञान छ
मेरो सिकाइ अपुग छ ।
अन्यायविरुद्ध लड्दा
दमनमाथि बोल्दा
मेरो ज्ञान मिथ्या हुन्छ ।
समाजका कुरीति चिर्दा
समान व्यवहार गर्दा
सम्मानसहित ज्ञान बाडूँ भन्दा
मेरो ज्ञान अपूर्ण हुन्छ ।
समाजका ज्ञानी र भलादमी भनाउँदाहरू
मलाई भन्ने गर्छन्-
‘तँ त अज्ञानी छेस्
तेरो ज्ञानमा अज्ञान छ ।’
हो, म अज्ञानी छु
किनकि
म समाजका ती ज्ञानीहरूलाई चिन्दिनँ र,
चिन्न पनि चाहन्नँ
जो, धन र फोस्रो आदर्शलाई ज्ञान ठान्छन्
अनि, तिमी कसरी भन्न सक्छौ- ‘म ज्ञानी छु ?’
म पटमूर्ख छु
अज्ञानी छु
अपूर्ण र घमन्डी छु
यही घमन्डको घनले ठोकी ठोकी
नयाँ स्वरूप दिनुछ मैले मेरो समाजलाई
नयाँ दिनको आगमनसँगै
जब लहराउँछन् परिवर्तनका पतकाहरू मानसपटलमा
अनि मात्र पाउने छ पूर्णता मेरो ज्ञानले
तब मात्र म ज्ञानी हुने छु
सुशिक्षित हुने छु ।
लेखकको सम्वन्धमा
अमला ढुङ्गेल
More from author
प्रतिकृया दिनुहोस्
शीर्ष समाचार
गजल
छन्दका कुरा
धीरकुमार श्रेष्ठका दुई कृति लोकार्पण
पहाड
ग्रिष्मा महर्जनको चित्रकला
धेरै पढिएको
गजल
२०८१ माघ ४
छन्दका कुरा
२०८१ माघ २
ग्रिष्मा महर्जनको चित्रकला
२०८१ पुष २५
धीरकुमार श्रेष्ठका दुई कृति लोकार्पण
२०८१ माघ १
पहाड
२०८१ पुष २६
लेखकको सम्वन्धमा