December 8, 2024, Sunday
२०८१ मंसिर २४, सोमबार

बल्झिएको मन

सिस्नुको खोले खाएर हामी हुर्केका नेपाली
मसिर मास खेतमा धानले खेल्दथ्यो वयली।
लट्टेको साग हाँडीमा भुटी मकै र भटमास
तरकारी खान सधैं नै हुन्थ्यो तामा त त्यो बाँस
कोदोको ढिँडो, गुन्द्रुक तिहुन पकाको आमाले
अमृतभन्दा मिठो नै लाग्थ्यो आमाको मायाले
मकैको सातु महिमा मुछी, विरेनुन हालेर
पानीको सट्टा तिर्खा नि मेट्ने मही नै पिएर
खेल्दथ्यौँ सधैं साथीभाइ मिली त्यो भेडिगाँठो नै
त्यो खेल्ने चउर जानलाई ऐले थुनियो बाटो नै
मझेरीमाथि चौकोथ्यो त्यहाँ चुलो नै भनिन्थ्यो
धोती नै फेरी, चोलो नै खोली खाना त्याँ बन्दथ्यो
जुत्ता र चप्पल पसेनन् कैल्यै मझेरीसम्म नि
न्वाइधुवाई गरी कपडा फेरी बनाइन्थ्यो खाना नि
जङ्गलमा चर्थे ती गाइ-भैंसी अमृत दुध बन्थ्यो
गोबरले घर लिप्नु नै पर्छ शास्त्रले त्यही भन्थ्यो।
गाईको गहुँत खाएर पुर्खा शुद्ध नै बन्दथे
गहुँतले धेरै रोग निको हुन्छ भनेर भन्दथे।
गुर्जोको टुक्रा, खयरको टुक्रा अदुवा चियामा
बस्दथ्यो सधैं त्यो भरि केट्ली अॅगेनी छेउमा।
लौका र फर्सी बारीका ताजा सागपात खाएर
टिमुर पिसी चटनी बन्थ्यो ज्यामिर लाएर ।
नास्पती, आल्चा, आरूवखडा, सुन्तला बोटमा
भट्मास, दाल फल्दथे अनि खेतको आलीमा
घर सँगै घर थिएनन् कतै जोडेर बनेका
रोगभोकले कैले थिएनन् कोही यसरी मरेका।
यसरी मरेका