February 10, 2025, Monday
२०८१ माघ २८, सोमबार

बाबा

त्रिलोक यादव
प्रसादी एकेडेमी, ललितपुर
 
आफ्नो छाला जलाई जलाई
मलाई छहारीमा राख्यौ
आफ्नो खुसी बेची बेची
मेरो खुसी किन्यौ बाबा !
 
आफ्ना सपना त्यागी बाबा
मेरो सपनातिर लाग्यौ
मेरा सुस्त सुस्त पाइला
पसिनाले अघि सार्यौ ।
 
आफू दुःख गरी गरी
पढ्न लेख्‍न सक्षम पार्यौ
नयाँ लुगा मलाई किनी
पुरानामै जीवन टार्यौ ।
 
आफ्ना रहरहरू मारी
बस्यौ बाबा मेरै लागि
मलाई मन पर्ने चिज
ल्याइदियौ हाँसी हाँसी ।
 
मलाई ज्योति दिन बाबा
आफैँ जल्यौ दियो सरि
बिरामले मलाई छुँदा
सेवा गर्यौ अघि बढी ।