मै चरी

कक्षाः११
प्रसादी एकेडेमी, ललितपुर
ढल्दै मै छु चरी बनेर बिचरी यात्रा अनेकौँ गरी
बाँचेँ दु:ख प्रशस्त हाय ! सहँदै खप्दै असारे झरी ।
मान्छेको भरमा परी भुल ठुलो गर्दै रहेको थिएँ
मान्छे सुन्दर भावना सब भुली स्वार्थी कुरामा परेँ ।।
त्यो रक्ताम्य भएर पीडित चरी आघात चर्को सही
मानी त्यो परतन्त्र बाँच्नु छ सबै त्यागेर कैदी भई ।
एक्ला सन्तति छन् अरण्य रुखमा छोडेर सारा हिँडेँ
छोपी खोर लगेर मै बिकलमा अन्याय साह्रै गरे ।
सम्बन्धी जन भाइ बान्धव गुमे विध्वंस धेरै भयो
साझा यो सबको एकै नि धरणी बोली त मात्रै भयो
लेखकको सम्वन्धमा