दोष अज्ञानभित्र छ

नघुसे ज्ञानको ज्योति रोग विज्ञानभित्र छ
बुझ्नेले नबुझे फेरि आफैँ पर्छ बुझाउनु
औँलो देखाउनू रैछ आफ्नै मान घटाउनू ।
नबुझेसम्म के जान्नु देखेरै मात्र हुन्छ के ?
फाइदा कति छन् भित्री बेफाइदा हुन्छ के ?
पहिले ज्ञानले सिँच्दै प्यारले जित्नु पर्दछ
मुक्तिको युद्ध हाँक्नेले प्रेमको बीज रोप्तछ ।
अहङ्कार ठुलो हुन्न त्रासले झम्टिए पनि
निरीह दोष चिन्दैन बाध्यताले थिचेपछि
साँघुरो चित्त बन्ने हो आत्मज्ञान मर्यो भनेँ
हृदय खुल्छ विद्याको ज्योतिमात्र छिर्यो भनेँ ।
आफ्नो दायित्व बिर्सेर अरूको दोष खोज्नुले
पश्चगामी भयौँ हामी निजी स्वार्थ उछाल्नुले
मागीखाने बनेदेखि स्वावलम्बन बिर्सियौँ
स्वार्थको खोल ओढ्नाले परोपकार बिर्सियौँ ।
पछौटेपनका लागि अशिक्षा गरिबी दुवै
छन् दोषी थिच्दछन् थाप्लो घट्छ ज्ञान निमोठिँदै
उकास्ने गर्छ मायाले विद्वताले रिझाउँदा
छेड हान्नु कवै हुन्न ज्ञान बाँड्दा बुझाउँदा ।
लेखकको सम्वन्धमा