स्वदेशी भावनाको लहड

स्वदेशी माया पराइ छाया आमालाई रुवाई ।
धनको बल सपना फल काफल मिठाई
घरको बास जीवन सास फर्क न रमाई ।
तिमी हौ युवा नखेल जुवा नेपाली वनको
विदेशी आयो नेपाल खायो घरको दुःखको ।
बाबा र आमा पहिरन नाना छोरा र छोरीको
सम्झेर बाँच्छन् सुखमा हाँस्छन् सदिच्छा नरको ।
यो मेरो देश यो मेरो भेष सपूत भन्दछ
प्राणको रक्षा सन्तति शिक्षा सदैव बन्दछ ।
त्यसैले फक्क स्वदेशतिर हिमाल खुल्दछ
पसिना पोखे विविक बोके विशल बन्दछ ।
लेखकको सम्वन्धमा