Epaper
Contact Us
January 14, 2025, Tuesday
२०८१ माघ १, मंगलवार
गृहपृष्ठ
साहित्य
समाचार
शिक्षा
खेलकुद
लेख
प्रतियोगिता
सहभागिता
प्रतियोगिता
साहित्य
हस्तलेखन
चित्र÷तस्बिर
मैले पढेँ
फोटो फिचर
English
साहित्य
बा !
विना शिवा
२०७८ आश्विन ११
509 views
थाहा छैन बा
ती काल्पनिक ईश्वर छन् या छैनन्!?
तर जब भगवान् सम्झन्छु
केवल तिम्रै अनुहार
मेरो मस्तिष्कमा घुमिरहन्छ
हो बा…तिम्रै अनुहार…
आमा देवीकी प्रतिमूर्ति
अनि बा तिमी देवताको
अथाह माया गर्ने
तिमी पनि त खानी हौ ममताको!
आमालाई धर्ती भन्नेहरूले
बा पनि आकाश हुन् भनेर
कहिल्यै भन्न सकेनन्
ए महान् मान्छेहरु हो बुझ न!
त्यही धर्ती र आकाशको समागम
नै त यो जीवन हो।
बा सहन्छन् हजारौँ चोटहरू
जसरी आकाशको छातीले
कति सजिलै सहन्छ चट्याङका झड्काहरू
सन्तानलाई आफ्नो मुटुमा राखेर
तिनकै खातिर दशनङग्रा खियाउँछन्
पसिनाका धारा बगाउँछन्
बुढो भएको आफ्नो शरीरलाई गलाउँछन्
अनि सुकेका ती हत्केलामा
कैयौ ठेउला उठाउँछन्!
आँखाका डिल नागिसकेका
आँशुका ढिक्काहरू भित्रै दबाउँछन्
दु:खको पहाड नै पल्टिए पनि
केही नै नभए झैँ दर्साउँछन्
छातीमा आगो बोकेर
परिवारका खातिर
पानीको जोहो गर्ने मेरा बा
यति धेरै कष्ट सहेर पनि सहजै मुस्कुराउँछन्!
जीवनको यो दौडमा
दौडिएर कहिल्यै नथाक्ने मेरा बा
आज पनि मेरै सुखका लागि
उति नै सङ्घर्ष गर्दै छन्
अझै पनि दौडिरहेका छन्
जसरी…
सुनको तक्मा पाउने अभिलाशामा
एउटा धावक दौडन्छ।
दुःखको छायासमेत
ममा पर्न नदिने मेरा बा
दुनियासँग लड्दै छन् अझै पनि।
तरबार लिएर युद्धभूमिमा लडिरहेको
एउटा बहादुर योद्धा जस्तै गरी…
तिमीले खुला आँखाले देखेका सपना
यसै खेर जाने छैन बा
तिम्रो मुहारमा सुखका किरण छर्ने छु एकदिन
ती सारा सपनाहरू
जुन जीवनको दौडमा अघि बढ्दै गर्दा
जिम्मेवारीले पछाडि छोडिएका थिए
साकार पार्ने कोसिस म गरिरहने छु!
“केवल सफल बन्ने होडमा
हस्याङ्ग फस्याङ्ग गरिरहेको
यो भिडमा
पहिला असल बन्नु
अनि बन्नु सफल”
तिम्रो यो उपदेश
मेरो मनमस्तिष्कमा
अझै ताजा छ…बा
आकाश झैँ फराकिला यी शब्दहरू
जब ठुली हुँदै गएँ
जीवनलाई बुझ्दै गएँ
अनि ती शब्दहरूको वजन बुझ्न थालेँ
मलाई लाग्न थाल्यो
यी त केवल शब्द रहेनछन् बा
जीवन जिउने मन्त्र रहेछन्।
संसार जित्न
घरको दलिन कटेर बाहिर आएकी
तिम्री छोरी!
आज पनि तिमीले सिकाएको
संस्कारको लक्ष्मण रेखाभित्रै छे।
धन्यवाद बा!
यो सुन्दर जीवनका लागि!
तिमीले देखाएको सत्मार्ग पछ्याउँदै
एउटा असल सन्तान बन्न सकूँ
जन्मौँजन्म केवल
तिम्रै छोरी भई जन्मने शौभाग्य पाउँन सकूँ।
भगवान् छन् र सुन्छन् भने
म भगवान्सँग यही प्रार्थना गर्छु-
‘संसारका हरेक छोरीले
तिमीजस्तै बाउ पाउन्।’
लेखकको सम्वन्धमा
विना शिवा
More from author
प्रतिकृया दिनुहोस्
शीर्ष समाचार
पहाड
ग्रिष्मा महर्जनको चित्रकला
दिलको कुरा हो …
मेरा जीवनको लक्ष्य
योङ्ग पिकासोका दुई कार्यक्रम सम्पन्न
धेरै पढिएको
ग्रिष्मा महर्जनको चित्रकला
२०८१ पुष २५
पहाड
२०८१ पुष २६
लेखकको सम्वन्धमा