January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

म बिन्दास !

बिन्दासै बिन्दासले भरिएको यो मेरो जिन्दजी बिन्दास !!!
मानवता हराएको समाजमा जिउँदा म बिन्दास
सङ्घर्ष गरेरै पनि अनेक इच्छाहरू मार्दा बिन्दास
मानमर्यदा सडकमा छताछुल्ल पोखिँदा
अनि, अपमानको भारी बोकी लखर लखर हिँड्दा म बिन्दास !
 
अरूकै खुसीका लागि रहरहरू बन्धक राखेर जिउँदा दिन्दास
माटामा अन्न उमार्दा र ढुङ्गासँग माय साट्दा बिन्दास !
 
महिलाको अस्मितामाथि खेल्दा
देशको स्वतन्त्रतामाथि धावा बोल्दा बिन्दास
छोराको बल आमाको त्याग हत्याउँदा
मर्यादा पुरुषोत्तम रामले सीता लत्याउँदा म बिन्दास ।
 
हारेको कर्म ! कर्तव्यनिष्ठ बन्दा
बुहारी र श्रीमतीको भूमिका निर्वाह गर्दा
आमाको भएर बुबाको कर्तव्य निर्वाह गर्दा म बिन्दास
स्वतन्त्रता होस् वा बन्धन हर्दम म बिन्दास
विन्दासै बिन्दासले भरिएको मेरो जिन्दजी बिन्दास !!!