यस्तो बन न

आँचल अधिकारी
कक्षाः ११
प्रसादी एकेडेमी
सर्वदा सत्य मार्गमा हिँड न
हारको पाठबाट सिक न
बोल्नु अघि तिमी धेरै सोच न
सबको यहाँ गर सम्मान ।
निष्ठुर हैन निष्ठा बन है
आफ्ना सबै हुन् भन है
हिलोमा कमल फुल्छ सुन्दर भई
दाम हैन ठुलो नाम छ है ।
अरूका इच्छा लात मार्दै
पेटमा गाँस त्यो भर्दै
भन तिमी के नै पो पाउँछौ
मन्दिर किन तिमी धाउँछौ ।
टिक्दैन है खराब शासन
ठुलो हैन हुनु तिमी असल
मानवताको देऊ पहिचान
सुन्दर राख विचार र मन ।
लेखकको सम्वन्धमा