मलाई त मोज छ
भन्नेहरू भन्ने गर्छन्- 'ए, तँलाई त मोज छ ।' हो, मलाई मोज छ, मसँग सब थोक छ पितृसत्तात्मक समाज छ, बिरालो बाँधी श्राद्ध गर्ने परम्परा छ चारैतिर औँला ठडिएको हात छ । हो, मलाई मोज छ, मसँग सब थोक छ सम्पन्न हुँदा सहयोग गर्ने साथ छ अरूका कुरा काट्ने अपवाद छ मानवताको सानो छहारी छ घरअगाडि कुराकाट्नेको चौतारी छ । हो, मलाई मोज छ, मसँग सब थोक छ सम्झाउने, बुझाउनेको खडेरीमा बुझी बुझी बुझपचाउनेको भिडमा समाजका भाइरसहरूलाई लखेट्ने विचार छ हो, मलाई त मोज छ, मसँग सब थोक छ ।
लेखकको सम्वन्धमा