July 20, 2024, Saturday
२०८१ श्रावण ५, शनिबार

बुबा भगवान् !

 रेस्मा श्रेष्ठ
मिक्लाजुङ -, मोरङ


बुबा एक भगवान हुन्
बुबा एक तागत हुन्  तर
सबै बुबा भगवान् रहेनन्,
सबै बुबा तागत बन्न चाहेनन् |
जन्म त दिए तर बाँच्न दिएनन्
संसार देख्ने सौभाग्य त दिए,
तर समाजको नजरमा अभागी पनि उनैले बनाइदिए ।

बुबा भगवान् हुन् रे  तर
सबै बुबालाई भगवान् हुन आएन
सन्तानका छहारी हुन् रे बुबा,
तर समाजको दुर्व्यवहारमा भिज्न बाध्य बनाए तिनै बुबाले ।।
जिउँदो हुँदाहुँदै ,
टुहरो बानाए तिनै बुबाले
सपना देख्ने उमेरमा,
आँसु पिउन बाध्य बनाए तिनै बुबाले ।
बुबा एक भगवान् हुन्
तर सबै बुबालाई भगवान् हुन आएन !