प्रकृति
साइस्ता भण्डारी, कक्षा : ९
श्री भगवती मावि,
मिक्लाजुङ ७ मोरङ
उजाड थियो हाम्रो पृथ्वी जहाँ
हरियाली छरिदियौ तिमीले यहाँ
भोक तिर्खा र ओत मेटाउन
सँगै थियौ तिमी हामीलाई साथ दिन ।
प्रकृति ! मानिसलाई तिमीले नै बनायौ
तर मानिस ! आज प्रकृतिलाई तिमीले सतायौ
ठुला रुख काटेर हामीले घर बनायौं,कारखाना बनायौं
सतायौं प्रकृति हामीले तिमीलाई बिगार्नु बिगाऱ्यौँ ।
विकासका लागि अन्धा हुँदै हामी
प्रकृतिलाई नै मेटाउँदै नजाऔं
प्रकृतिसित छ हावा अनि पानी
निर्दयी नबनी हामी पृथ्वी बाचाऔं ।
अन्धकारमा नबसौँ उज्यालो छर्दै जाऊँ
नयाँ बोट विरुवा रोपी प्रकृतिलाई जगाऊँ
पानीलाई प्रदुषित नगरौं नफालौं फोहोर जताततै
जागौं सबै हामी प्रकृतिलाई नसताऔं |
लेखकको सम्वन्धमा