January 19, 2025, Sunday
२०८१ माघ ७, सोमबार

निमिसा अधिकारी (कक्षा-९)
श्री भगवती मावि,
मिक्लाजुङ ७ मोरङ


यो निलो आकाशमा
खुल्ला उड्न पाऊँ म ।
आफ्नो देशको लागि राम्रो
मान्छे बन्न   पाऊँ  म ।

विश्वसामु आफ्नो देशलाई
चिनाउने बनूँ म
नेपाल मेरो देश हो भनी
गौरव गर्न पाऊँ म

आफ्नै देशमा केही गरी
सुन चाँदी फलाऊँ  म
आँफ्नो देशलाई सजाएर
स्वर्ग जस्तै बनाऊँ म ।

विश्वलाई छक्क पार्ने
यस्तो काम गरूँ म
इतिहासको पानामा आफ्नो
नाम अटाउने बनूँ म ।