July 20, 2024, Saturday
२०८१ श्रावण ६, आईतवार

बन्धनमुक्त

 सम्पदा नेपाल 
 कक्षा : ६ 
 लर्ड बुद्ध इङ्लिस सेकेन्डरी स्कुल
 बोडे, भक्तपुर 

 सानी चरी सानी परी उड्न मन लाग्छ
 आकाशका तारालाई छुन मन लाग्छ ।

 आकाशको जूनजस्तै बन्न मन लाग्छ
 असल छोरी बनी संसार सजाऊँझैँ लाग्छ ।

 किन किन आज मलाई उडूँ उडूँ लाग्यो 
 सगरमाथा शिखरलाई छुऊँ छुऊँ लाग्यो ।

 नबाँध है पङ्ख मेरो छोडिदेऊ मलाई
 संसारलाई हेरी खुसी बन्न देऊ मलाई ।

 पिँजडाको सुँगाजस्तै बन्ने होइन मैले 
 मलाई रोक्ने पर्खाललाई तोड्नै पर्छ मैले ।
 मलाई रोक्ने पर्खाललाई तोड्नै पर्छ मैले ।।