देश भक्ति
“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा प्यारा हुन्छन् भन्ने भनाइले नै देश वा जन्मभूमि कति महत्त्वपूर्ण हुन्छ भन्ने देखाउँछ । शाब्दिक रूपमा देशभक्तिले राष्ट्रप्रतिको माया सम्मान र आत्मियता भन्ने जनाउँछ।
आफ्नो देश तथा राष्ट्रप्रति प्रगाढ माया, सद्भावसहित स्वामित्व, अपनत्व र ममत्वको महसुस हुनु देशभक्ति हो। जब मानिस आफ्नो व्यक्तिगत मायालाई त्यागेर आफूभन्दा बढी अरूका दुःख, पीडाहरू महसुस गर्न सक्छन् तब नै मानिसमा देशभक्तिको भावना उत्पन्न हुन्छ।
हरेक देश सार्वभौम छन्। सार्वभौमिकता र अखण्डता रक्षा गर्नु तथा राज्यको संविधान, ऐन, कानुन मान्दै दायित्व र अधिकारको सन्तुलन कायम गर्नु प्रत्येक नागरिकको कर्तव्य नै हो।
व्यक्तिको कोक्रोदेखि मृत्युपछिको दाहसंस्कारसम्मको जीवन राज्यसँग जोडिएको हुन्छ। राज्यले हक-अधिकारको मात्रै ग्यारेन्टी गर्दैन । नागरिकको सुरक्षा र सम्मान अभिवृद्धि पनि गर्दछ। नागरिकका हरेक दायित्व र कर्तव्य राज्य र राष्ट्र निर्माणमा जोडिएका हुन्छन्। त्यसैले देश भक्तिता एउटा नागरिकको पहिलो दायित्व हो। देश भक्तिताले नै देशभित्रका नागरिकलाई एकता र सामूहिकताको डोरामा बाँध्न सक्छ।
हामी नेपाली किन वीर गोर्खाली भयौँ त ? यसको सहज उत्तर छ- नेपाली वीर गोर्खाली पुर्खाहरूले विदेशीका सामु पहिचानसहित लडे र नेपाललाई जोगाए ।
हामी सगरमाथाको किन गर्भ गर्छौ ? किनकि सगरमाथा पनि नेपालीको पहिचान हो र गौरव हो।
भारतीयहरू बेलायतको उपनिवेश विरूद्ध किन लागे त ? किनकि भारतालाई स्वतन्त्रता दिलाई राष्ट्रियता जोगाउन। संसारमा ठुला विश्वयुद्ध किन भए त यी सबैबाट प्रष्ट हुन्छ कि देश भक्तिभन्दा माथि केही हुँदैन।
इतिहासमा नेपाल न कहिल्यै कसैको उपनिवेश भयो न कसैको कब्जामा रह्यो। यो सब नेपालीको महान् देशभक्तिका भावले हो। नेपालीले बरू नाकाबन्दी सहे तर राष्ट्रियतामा समर्पण गरेनन्। यसले देखाउँछ देशभक्तिताको उचाइ कति हुन्छ भनेर।
चाहे भूगोलमा र जनसङ्ख्यमा ठुलो वा सानो जे होस् एउटा देशका नागरिकहरूका लागि देशभक्तिभन्दा माथि अर्को वस्तु हुँदैन। देशभक्ति नागरिकको राष्ट्रप्रतिको प्रगाढ, अतुलनीय, अहरणीय भक्ति हो। हामीले पनि देशमा जिउने मात्र होइन देशका लागि केही योगदान गर्नुपर्छ । राष्ट्रियता प्रति काँधमा काँध मिलाउन जरुरी छ ।
लेखकको सम्वन्धमा