नेपाली हौँ नेपामको धेरै माया गर्छौँ
हिमचुलीदेखि बेँसी तराई रम्छौँ
मितीजस्तै साना-साना पसिनाका दाना
उन्नति यो हाम्रो निको परिश्रम जान
प्रभातको मिर्मिरेमा कोइलीको स्वर
डाफेँ चरी नाच्छ मयूर लालिगुराँस फूल
'काफल पाक्यो' चरी पनि डुल्छ लेक बेँसी
लाग्छ प्यारो रमाइलो आफ्नै देश अति
डोको, नाम्लो, डालो बुने हामी बढी सुन्छौँ
आवश्यक्ता पूरा गर्न स्वावलम्बी बन्छौँ
हाम्रा पुर्खा वीर थिए सन्तति नै पनि
हमी वीर जाति भयौँ संसारका नामी
हामी गरिब छैनौँ कोही जल सम्पदा छ
'कृषि प्रधान मुलुक' हाम्रो वन सम्पदा छ
तपोवन ज्ञान पाऊँ जन्मे बेद्ध ज्ञानि
जुग-जुग सुन्दर रहोस् मिली बस्छौँ हामी
लेखकको सम्वन्धमा