April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

सानै भए नि ज्ञानी छु

धेरै महिना भैसक्यो घरभित्रै बस्याछु 
 प्यारी मेरी गुरूमा र साथी सम्झ्याछु ।
  
 सानो भए पनि ज्ञानी छु धेरै कुरा बुझ्छु
 बाहिर निस्के कोरोना सर्छ घरभित्रै बस्छु ।
  
 बाआमाका राम्रा कुरा मनमनै गुन्छु म 
 साना साना लुगा पनि आफैं धुन्छु म ।
  
 घरभित्रकै खाना खान्छु बाहिर त्यसै जान्नँ म
 पसलको जङकफुड पनि किनी खान्नँ म ।
  
 अनलाइन क्लास पढ्छु म मोबाइल भा'छ जाती 
 बाबाआमा हुनुभाछ गुरू अनि साथी ।