म
मै हराएर
मैन
मपाईंत्वको
'म' खोज्दै छु।
म मानवभित्रको
मानवता
महान् शून्य खोज्दै छु।
म
एक सिउँडी
हराभरा मरुभूमि
सम्म हिमाल
उच्च फाँट
मृगतृष्णा खोज्दै छु।
म
इच्छाका मचान
खोतलेर रछ्यान
पोतेरी सपनामा
मूलखाँबो खोज्दै छु।
म
सपनासँग सपना
सापटी मागेर
छायाको गर्मी सेक्दै
घाटहरू जोत्दै छु।
म
आज मैसँग डराएर
मझेरी सुकाएर
बलेसी जाडो सुकाउँदै छु।
म
नाङ्गो आङ र भोको पेट
खर्पन र तोक्मा बिच खुल्ला आकाश
बालेर तारा बत्ती
फुटेका हत्केला
रहर पटुका बेरेर
सपना बिस्कुन छर्दै छु।
म
मन्दिरबाहिर
मनको ईश्वर
हराएर देवता
ईशवरसँगै ईश्वरको वर
माग्दै छु।
लेखकको सम्वन्धमा