पाँचथर समाज काठमाडौ नेपालको विशेष साधारण सभा सम्पन्न
मिति २०७८ असार २६ गते पूर्व सभासद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य श्री भीष्मराज आङदेम्बेको प्रमुख आतिथ्य एवम पूर्व मन्त्री श्री सिरी प्रसाद जवेगुको विशेष आतिथ्यतामा पाँचथर समाज काठमाडौ नेपालको विशेष साधारण सभा काठमाडौको धुम्बराही स्थित मुनलाइट पार्टी प्यालेसमा सम्पन्न भयो ।
समाजका का.बा. अध्यक्ष श्री सुरेन्द्र तिम्सिनाको अध्यक्षता र महासचिव श्री लक्ष्मी राज तावाको सञ्चालनमा भएको उक्त साधाराण सभाद्वारा श्री होम कुमार लावतीको अध्यक्षतामा निम्न ४१ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भयो ।
अध्यक्ष – श्री होम कुमार लावती
बरिष्ठ उपाध्यक्ष – श्री माधव बाँस्कोटा
बरिष्ठ उपाध्यक्ष – श्री भीम ब. तावा
बरिष्ठ उपाध्यक्ष – श्री पदम फेवदिन
उपाध्यक्ष- श्री भूमिका नेम्वाङ (लिम्बु)
उपाध्यक्ष- श्री टेक बहादुर काम्वाङ
उपाध्यक्ष- श्री सुनिता कुरुम्बाङ
उपाध्यक्ष- श्री निर्मल रिजाल
महासचिव – श्री लक्ष्मीराज तावा
सचिव – श्री मचिन्द्र कुगेनाम्बा
सचिव – श्री राजेन्द्र थाम्सुहाङ
सचिव – श्री गौमाया लिम्बु
कोषाध्यक्ष – श्री आशा नेम्बाङ
सह कोषाध्यक्ष – श्री टंक सेलिङ
सदस्य :
- श्री धन कुमार काम्बाङ
- श्री नरेश बाँस्कोटा
- श्री टिकाराम भुर्तेल
- श्री अइन्द्र कुमार आङ्बो
- श्री भुपेन्द्र नेम्बाङ
- श्री गणेश प्रसाद भण्डारी
- श्री सूर्य प्रकाश चेम्जोङ
- श्री भवानी विक्रम सम्बाहाम्फे
- श्री वीर बहादुर तामाङ
- श्री गजेन्द्र आङदेम्बे
- श्री मैया श्रेष्ठ लावती
- श्री मेनुका योङहाङ
- श्री वासुदेव अधिकारी
- श्री निसा तुम्बापो
- श्री देवेन्द्र खत्री
- श्री राम काजी वान्तवा
- श्री दिल कुमार लावती
- श्री भिम सम्बाहाम्फे
- श्री बिन्देश्वर खनाल
- श्री एवीराज आङदेम्बे
- श्री सुर्य सम्बाहाम्फे
- श्री बद्री हिङमाङ
- श्री ताराहाङ तावा
- श्री सन्दिप राई
- श्री दिनेश लिङदेन
- श्री गंगाराम रसाइली
- श्री नेत्र योङहाङ
पाँचथर समाज काठमाडौ नेपालका पूर्व अध्यक्ष स्व. श्री खगेन्द्र जवेगु प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै सुरु भएको साधारण सभामा शुभकामना दिनु हुने प्रमुख अतिथि, विशेष अतिथि एवम् अन्य अतिथिहरूबाट समाजले विगतमा र वर्तमानमा गरेका भित्ते पात्रो प्रकाशन, कोभिड १९को महामारीको कारणले जोखिममा परेका पाँचथरेली समुदायमा उल्लेख्य रुपमा राहत संकलन र वितरण गरेको महान कार्यको प्रशंसा गर्दै नवगठित कार्य समितिले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्न सफल होस भनी कामना समेत गर्नु भयो ।
निर्वाचित पदाधिकारीहरूलाई पुर्व मन्त्री श्री सिरी जवेगु र विशिष्ट सल्लाहकार श्री सुरेन्द्र तिम्सिनाद्वारा बधाई ज्ञापन गरियो भने निर्वाचित कार्य समितिको तर्फबाट समाजका अध्यक्ष श्री होम कुमार लावतीद्वारा प्रतिवद्धता मन्तव्य सहित साधारण सभा समापन भयो ।
प्रतिकृया दिनुहोस्