दुर्व्यसनको जन्जालबाट टाढा बसौँ साथी
अकालमै जीवन उड्ला जानुपर्ला माथि ।
चुरोटबाट सुरु गरी चरेससम्म पुग्ने
चरेसले नि नपुगेर हरेसले छुने ।
सुनौलो यो जिन्दगीलाई नसामा फसायौ कि
स्वर्ग जाने बाटो छाडी नर्कतिर पाइला धसायौ कि ।
कुलतमा फसेपछि सबै सामान बेच्छौ
सर्वनाश भएपछि भन के पो बेच्छौ ?
आमा बुबाको कमाइ पनि कता उड्यो होला
उहाँहरुके सपना नि तितो भयो होला ।
कुसङ्गतले मानिसलाई खरानी नै पार्छ
बाँच्ने दिन घटाएर मृत्युतिरै झार्छ ।
अमूल्य जीवनको घाँटी किन निमोठ्छौ
के तिमी पैसाले अर्को जुनी किन्न सक्छौ साथी ?
कुलतको नसाबाट छिटै आँखा खोल
दुर्वयसन छोड्छु भन्ने अमृत बोली बोल !
लेखकको सम्वन्धमा