खोइ कहाँ नारी सुरक्षित छन् ?
संविधानमा राम्रा बने नियम र कानुन । नारीमाथि अन्याय छ यो सबैले जानुन् ॥ स्कुल कलेज बजार अनि घर वरिपरि । खोइ कहाँ सुरक्षित छौं हामीजस्ता नारी ।। भ्रूणबाटै नारीहरू असुरक्षित हेर । मन नलागे पतन गर्छन् फालिदिन्छन् खेर। जन्मेपछि छोरी भनी हेला हिंसा सुरु | सुरक्षित छैनन् नारी अब कसो गरुँ ।। आफ्नै घर चोटाकोठा सबैतिर हेर । सुरक्षित छैन यहाँ आफ्नै बाराबेरा || बाहिर निस्किए छिमेक अनि समाजमा पनि। कोही हुन्न सुरक्षित गरिब होस् या धनी। स्कुल गए स्कुलमै हत्या बलत्कार । अफिसमा नि हेर्ने नजर राम्रो छैन क्यार।
प्रतिकृया दिनुहोस्