September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार

आप्रवासी नेपाली श्रमिकका सवालहरू विषयक एकदिने Webinar काठमान्डौँमा सम्पन्न

झरना सञ्चार, २०७८ असार १२

आज मिति २०७८ असार १२ गते विश्व ट्रेड युनियन महासङ्घ (WFTU) समन्वय समिति नेपालको आयोजनामा आप्रवासी नेपाली श्रमिकका सवालहरू (Issue of Migrant Workers) विषयक एकदिने Webinar राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मा. श्री पुष्प कडेलज्यूको प्रमुख आतिथ्यमा काठमाडौँमा सम्पन्न भयो।

कार्यक्रमको अध्यक्षता WFTU  समन्वय समितिका संयोजक श्री प्रेमल खनालले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन  श्री मोहनमार स्वारद्वारा गरिएको थियो। उक्त कार्यक्रम निड्स नेपालका चिरञ्चिवी बरालद्वारा कार्यपत्र प्रस्तुत भएको थियॊ। कार्यपत्रमाथि टिप्पणी कर्ताहरू पूर्व डेपुटी गवर्नर चिन्तामणी सिवाकोटी, वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्ण दवाडी, आप्रवासी विज्ञ डा. मीना पौडेल, अधिवक्ता तथा अधिकारकर्मी सोम लुइटेल,पत्रकार होम कार्की तथा आठओटै ट्रेड युनियनका अध्यक्षहरूले आ-आफ्ना धारणा प्रस्तुत गरेका थिए।

यसरी नै देशभित्र र बाहिरबाट अन्तर्राष्ट्रिय एकता समाजका महासचिव लुमाकान्त पुन, भारत एकता समाजका महासचिव ठाकुर खनाल एवं ट्रेड युनियन महासङ्घका अध्यक्ष विश्वनाथ प्याकुरेललगायत श्रमिक अगुवाहरू ईश्वर तिमिल्सिना, लोकराज भुसाल, कृष्ण थापा, राजन तिमिल्सिना भोलानाथ पोखरेल समेतले आफ्ना धारणा प्रस्तुत  गरेका थिए।

लगभग ३ सय जनाको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा आप्रवासी नेपाली श्रमिकहरूले स्वदेशदेखि गन्तव्य देशसम्म भोग्नु परेका विविध समस्याहरू उजागर गर्दै टिप्पणीकर्ताहरूले समस्या समाधानका लागि स्वयम् नेपाली श्रमिकहरू सजग र सचेत हुनुपर्ने, मेनपावर एजेन्सीहरूलाई अनुगमन तथा निरीक्षण गरिनुपर्ने, गन्तव्य देशका राजदूतावासहरूलाई जिम्मेवार बनाउनुपर्ने जस्ता सुझावहरू प्रस्तुत गरिएका थिए।

कार्यक्रमको आयोजक संस्था WFTU समन्वय समिति नेपालले कार्यपत्रलाई अन्तिमरूप दिई वैदेशिक रोजगारसँग सम्बन्धित सरोकारवाला पक्षहरू समक्ष पेस गरी समस्या समाधानका लागि दवाबमूलक कार्यक्रमहरू सञ्चालन गर्दै अघि बढ्ने निर्णय गरेको छ।