सामुदायिक विद्यालय अभिभावक सङ्घको सक्रियता
झरना सञ्चार २९ जेठ
कोभिड–१९ को महामारीले मुलुक अत्यन्तै प्रभावित भएका बेला सामुदायिक विद्यालय अभिभावक सङ्घले भने आफ्ना गतिविधिमा सक्रियता देखाएको छ । यसकै परिणामस्वरूप सङ्घको केन्द्रीय समितिले जेठ २९ गते जुममार्फत पूर्ण बैठक आयोजना गरेको छ।
केन्द्रीय, प्रदेश र जिल्लास्तरी पदाधिकारीसहितका सदस्यहरूको बाक्लो उपस्थति रहेको उक्त बैठकको अध्यक्षता महासङ्घका अघ्यक्ष रामप्रसाद न्यौपानेले गर्नुभएको थियो भने महासचिव बद्रीप्रसाद तिवारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रम अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी, सल्लाहकारत्रय प्रदीपकुमार राई (व्याकुल माइला), अनुपरञ्जन भट्टराई र कृष्णमुरारी गौतम (चट्याङ मास्टर) का साथै जनस्वास्थ्य विशेषज्ञ डा.प्रणय राणाको उपस्थतिले थप गरिमामय बनेको थियो ।
बिहान ७ देखि ११ बजेसम्म सञ्चालन भएको बैठकले शिक्षासँग सम्बन्धित आर्थिक, शैक्षक, राजनीतिकजस्ता विविध विषयमा गहन छलफल गरे पनि समसामयिक कोभिडको समस्यालाई नै केन्द्रीय मुद्दा बनाएको थियो
बैठकमा बोल्ने क्रममा डा.प्रणय राणाले वर्तमान नेपालमा कोभिडको प्रभाव सम्बन्धी तथ्य पेस गर्दै तत्काल विद्यालयमा विद्यार्थी उपस्थित भएर कक्षा सञ्चालन गर्न नसकिने हुनाले अनलाइन/भर्चुअल वा अन्य कुनै वैकल्पिक विधिबाट पठनपाठन सञ्चालन गर्नुपर्ने विचार व्यक्तगर्नुभयो । यस्तो विषम परिस्थितिमा सङ्घले उपयुक्त कदम लिनुपर्नेतर्फ पनि उहाँले सङ्केत गर्नुभयो ।
सो बैठकमा सङ्घका सह–अध्यक्ष रघुनाथ महर्जन, महिला उपाध्यक्ष सीता सुवेदी, खुल्ला उपाध्यक्ष विद्यादेवी चित्रकार, सातवटै प्रदेशका उपाध्यक्ष/इन्चार्जहरु क्रमशः रमेश पौडेल (झापा), नरेन्द्रराज सुवेदी (सर्लाही), रमेश पौड्याल (काभ्रे), होमनाथ शर्मा (कास्की), राजेन्द्र कँडेल (बुटवल), मनोहर लामिछाने (सल्यान), र मदनकृष्ण श्रेष्ठ (भक्तपुर, सुपका लागि इन्चार्ज), भूपति बस्याल (पाल्पा) संयोजकहरु, उपमहासचिवहरु, सचिवहरु, केन्द्रीय सदस्यहरु, काठमाडौं, भक्तपुर र रामेछापका अध्यक्षहरुले आ–आफ्ना धारणा राख्नुभएको थियो । अन्य वक्ताहरुमा रवीन्द्रप्रताप शाह, चीना शर्मा, साधुराम चौलागाई, बासुदेव अधिकारी, गोकर्ण रुपाखेती, शान्ति बोहोरा पुजारा, आनन्द पुरी, सूर्यबहादुर कार्की, गुञ्जबहादुर श्रेष्ठ, विश्वराज बम, कृष्णराज सिग्देल, अमरकान्त झा, डीबी कार्की, राज गिरी, धीर्जबहादुर कायस्थ, देवकी पोखरेल, गीता अञ्जान, इन्दिरा लुइँटेल, धीराकुमारी रोकाया, इन्दिरा न्यौपाने पौडेल, कमला काफ्ले खतिवडाको पनि गरिमामय उपस्थिति थियो ।
बैठकमा पदाधिकारी तथा सदस्य वक्ताहरुले कोभिडका कारण विद्यार्थीको पढाइ प्रभावित हुनुका साथै गरिब तथा बेरोजगारहरूले भर्चअल शिक्षा धान्न नसक्ने विचार व्यक्त गर्दै यस सम्बन्धमा सम्बन्धित निकाय तत्काल सचेत हुनुपर्ने जिकिर गर्नुभयो ।
सङ्घले सबैका सुझावलाई गम्भीरतापूर्वक लिई कार्यक्रम निर्माण गर्ने तथा क्रमशः कार्यान्वयन गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै सङ्घ तथा सो बैठकका अध्यक्ष रामप्रसाद न्यौपानेले बैठक विसर्जन गर्नुभयो ।
प्रतिकृया दिनुहोस्