April 16, 2024, Tuesday
२०८१ बैशाख ५, बुधबार

युवा

 राष्ट्रको मेरूदण्ड प्रमुख धरोहर 
 युवा सन्तति भने नेपाल हो घर
 देशकै लागि बाँच्ने र पर्यो भने मर्ने 
 कर्मवीर लगनशील पौरख धेरै गर्ने 
  
 फोहोर हुँदै छ राजनीति अब सफा पार्ने 
 अक्सिजनको कमी भयो रूख बिरूवा सार्ने 
 विभेद र कुरीतिको अन्त्य गर्ने शक्ति 
 अमूल्य सम्पत्ति विशिष्ट राष्ट्रका भक्ति 
  
 भ्रष्ट्राचार कालो बजार, दलालको घेरो 
 रूपान्तरण परिवर्तन गर्नुपर्छ हेर 
 सिर्जनशीलता वैज्ञानिकताको भर परी 
 कार्यान्वयन अधिकार र नियमको गरी 
  
 सम्वर्धन तिम्रै हातमा संस्कृति र भाषा 
 सम्भावना यहीँ छ नि नजानु है लासा 
 एकपेट भरे पनि पुग्छ हेर गाँस 
 तिमीबाटै नेपाल आमा गरेकी छन् आस