April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

असारे महिना

 असारै मैना सिमसिमे पानी दरर दर्केको
 किसानका खेतमा लता र बुट्टा हलक्क बढेको।
  
 बतास चल्यो सिरिरी हावा मन नै छोएर
 कति हो राम्रो गाउँको बास प्रकृति हेरेर ।
  
 समाज हाम्रो एकता सदा दिन र रातमा
 पर्म र पैँचो आलो र पालो छ हाम्रो समाजमा
  
 अँधेरी रात दरर पानी सबैको कानमा
 चिरी र बिरी झ्याउँकिरी स्वर साझँ र पखमा
  
 गाईका बाछा बाख्राका पाठा परेवा धुर्धुर
 नानी र सानी आगँनमा नाच्छन् मनचित्त खोलेर
  
 पाइँदैन कैले विदेश र सहर आनन्द मनमा
 स्वर्गको टुक्रा रातको निन्द्रा एकैछ गाउँमा ॥