हे मनुष्य तिमी प्रकृतिबिना अपाङ्ग नै बन्न पुग्दछौ
प्रकृतिमाथि विजय प्राप्त गर्ने अहङ्कार छोडिदेऊ
ती बरपीपललाई एसी र पङ्खाले जित्ने भ्रम तोडिदेऊ
मानव सभ्यतासँगै वातावरण संरक्षणलाई जोड देऊ ।
अध्ययन, अनुसन्धान गर्यौ तर चेतना भरेनौ
हो नियम बनाइए यहाँ तर पालना गरेनौ
हरिया वन देख्न चाहने यी आँखाहरूमा धुवाको प्रदूषण भर्यौ
सर्वोत्कृष्ट प्राणी भन्थ्यौ विकासको नाममा विनास गर्यौ ।
तिमीले जीवन लिदैँ आएका रूखहरूको कमीले तिम्रो जीवन लियो
अत्यावश्यक तिमी हैन यहाँ बुझ, वातावरण हो
तिम्रो मात्र हैन पॄथ्वी हामी सबैको घर हो
तिमी हाम्रो र हामी तिम्रै त भर हो ।
हरेक वर्ष मनाइरहन्छौ दिवस सदाझैँ अब पॄथ्वी रून नपरोस्
कुनै प्राणी यो जगत्मा तिम्रा कारण बिचल्लित हुन नपरोस्
तिम्रा विज्ञानका किताबमा वातावरणमैत्री शिक्षा पढाइयोस्
स्वस्थ्य वायु,स्वस्थ्य जीवन नारालाई अघि बढाइयोस् ।
लेखकको सम्वन्धमा