जन्म भयो सिद्धार्थको
पछि बने बुद्ध
राजकुमार थिए तिनी
मन तिनको सुद्ध ।
आमा तिनकी मायादेवी
बुबा सुद्धोदन
बुद्धले त त्यागिदिए
दरबारको धन ।
सकेनन् है बुद्धले त
रोक्न आफ्नो मन
गरिब दुखी देखेपछि
पोल्थ्यो उनको तन ।
गया गई गरे तिनले
तपस्या र ध्यान
ध्यान गरी पाए तिनले
संसारको ज्ञान ।
नेपालकै माटो टेकी
जन्मे बुद्ध पनि
नेपालकै माटो टेकी
हुर्कँदैछु म नि ।
बुद्ध जन्मे नेपालको
नाम राख्न भनी
खोज्दै छु म केही गर्न
सकुँला कि भनी ।
ज्ञान पाई हिँडे तिनी
ज्ञान बाँढ्न भनी
अरू पनि खुसी बनुन्
भन्ने सोच्थे उनी ।
संसारले भन्छ उनलाई
एसियाका तारा
मानवमनमा बसेकाछन्
बुद्ध दाजै प्यारा ।
लेखकको सम्वन्धमा