June 19, 2024, Wednesday
२०८१ असार ६, बुधबार

गौतम बुद्ध

 महान् वाणीहरु बाँढ्यौ 
 शान्ति छर्दै हिँड्यौ ।
 सुखी जीवन त्यागी
 अरुको खुसी मात्र चाह्‌यौ ।।
  
 मायादेवीको कोखबाट जन्म लियौ
 नेपालको    शिर    उच्च    पार्यौ   ।
 बैशाख   पूर्णीमामा   ज्ञान    पायौँ 
 सबलाई     सद्‌मार्ग     देखायौ  ।।
  
 माया   मोह      त्यागी      हिड्यौ
 नेपाल   शान्ति   देश   भनी   चिनायौ ।
 सरल   जीवन   जिउनेँ   आधार   बनायौ
 योग ध्यान गरी समस्याको समाधान गरायौ  
 विश्वलाई शान्तिको पाठ पढायौ
 बुद्ध ! तिमीले नेपल चिनायौ  ।।