January 14, 2025, Tuesday
२०८१ माघ २, बुधबार

नबर्सुन् नजर

 गाँस र बास मिलाइदिने 
 भूमी हुन् है आमा ।
 माया र ममता सिकाइदिने
 पाठशाला हुन् आमा ।।
  
 उकाली चढाई ओराली झार्ने 
 धरती हुन् आमा ।
 जनको रित र हित सोच्ने
 भू-मातृ हुन् आमा ।।
  
 जन्‌ताको पिर र मर्कामा रुने
 नेपाल हुन् आमा ।
 सन्तानकै सुखमा खुसी हुने
 धन्य हुन् ती आमा ।।
  
 आमाका दिलमा बादल नहोस्
 नबर्सुन् नजर ।
 आमाको दिल हाँसे पो राम्रो
 गाउँ र सहर ।।