February 28, 2024, Wednesday
२०८० फाल्गुन १७, बिहीबार

आमा

 हरेकक्षण माया गर्ने मेरी आमा
 कैलेकाहीँ गाली गर्ने मेरी आमा ।
 राम्रो र नराम्रो चिनाउने आमा
 क, ख, ग, घ अक्षर सिकाउने आमा ।।  
  
 दुःख-सुख सधैँ साथ दिने आमा     
 आपत् विपत् पर्दा हात दिने आमा ।
 संसार देखाउने  मेरी प्यारी आमा
 बोल्न सिकाउने तिमी प्यारी आमा ।।
  
 टुकुटुकु हिँड्न सिकाउने आमा
 मर्यादाको पाठ पढाउने आमा ।
 हौसला र जोस भरिदिन्छ्यौ जैल्यै
 सधैँ हसाउने रुन दिन्नौ कैल्यै ।।