May 20, 2025, Tuesday
२०८२ जेष्ठ ७, मंगलवार

कृषक

 प्रत्येक बालीको रोपाइदेखि भण्डारणसम्म,
 एउटा जिन्दगी, एउटा जिजीविषा र एउटा उत्साहको,
 हर्ताकर्ता, साक्षी, रखवाला अनि प्रत्यक्ष भागिदार, 
 उल्लासै उल्लासमा रङ्गमगेको बालीको, 
 प्रत्येक क्रियाकलापको मतियार,
 एउटा रचना, एउटा गीत, सङ्गीत अनि एउटा गायन,
 एउटा ढुङ्गा, एउटा छिनु, ठ्याकठ्याक अनि एउटा सुन्दर मूर्ति ।
  
 निष्प्राणप्राय बिउको जीवन प्रेरणाश्रोत,
 हतास भ्रूणको लौकिक स्पन्दन,
 अमृतसागरको अक्षुण्ण अविरलताको कारक,
 संसारसागरको नाविक ।
  
 माटोभित्रको सन्जीवनीबुटी सर्जक,
 नवरस मिठासयुक्त जीवनघोल, 
 माटोरूपी प्राण र बिउरूपी शरीरको संयोजक,
 एउटा गितार, केही तार, औँलाको रटान अनि जीवन झङ्कार,
 माटो, बिउ, मलजल, प्रेमको सञ्चार, बाली लहलहाकार ।
 गोविन्द प्रसाद काफ्ले
  
 २०७८-१-२४
 स्वआश्रम