कुकुर (बालकविता)

 मेरो सानो कुकुर 
 यताउता खेलेर 
 आउँछ मसँगै नै 
 जान्छ है मसँगै नै । 
  
 कहिले भुक्छ यता 
 कहिले भुक्छ उता 
 कहिले सुघ्छ यता 
 कहिले सुघ्छ उता ।
  
 मन परे आउँछ 
 मन नपरे जान्छ 
 खुट्टा दिन्छ कहिले 
 मुख दिन्छ कहिले ।
  
 मन परेमा चाट्छ 
 मन नपरे भाग्छ 
 चिची पनि खान्छ नि 
 बुबु पनि खान्छ नि । 
  
 घर कुरी बस्छ है 
 चोर हेरी भुक्छ है 
 सबैलाई हेरेर 
 मेरो सानो कुकुर । 
  
 बालोरी छन्द