ए चरी किन एक्लै उड्छ्यौ !
मलाई पनि सँगै उडाऊ न ।
मलाई पनि तिमी जसरी नै
खुला आकाशमा उड्ने रहर छ !
तिमी जसरी नै आफ्नो बाटो,
आफै बनाउँदै हिड्नु छ !
बादललाई छुनु छ,
बादलभन्दा माथी पुग्नु छ
खुला रुपमा आकाशमा उड्नु छ
आफ्ना सारा शक्तिहरु उड्नमा पोख्नु छ
मलाई पनि आकाशझैँ अनन्तमा पुग्नु छ !
त्यसैले मलाई लिन आऊ न,
ए चरी कति एक्लै उड्छ्यौ !
म पनिसँगै उड्छु नि
तिमीसँगै तुफानमा उड्छु नि
तिमीसँगै तुफानलाई जित्छु नि
तिमीजस्तै धैर्यवान अनि मिहिनेती बन्छु नि !
कति पर्खाउँछ्यौ, कति तड्पाउँछ्यौ
ए चरी, किन निष्ठुरी बन्छ्यौ
ए चरी, तल आई मलाईसँगै लैजाऊ
मलाई पनि आफूसँगै उडाऊ !
लेखकको सम्वन्धमा