December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

प्रकोप

कहिले मान्छेको नाममा
 कहिले राज्यको नाममा
 कहिले राजनीतिको नाममा
 कहिले धर्मको नाममा
 अनि,
 मान्छे पशुवत् बनेर
 गर्दै आएका व्यवहारका प्रकोपबाट
 विक्षिप्त र आहत बन्दै
 ध्वनि र तरङ्गमा तरङ्गित छ
 यो जीवन
 त्यति नै वेला
 महाप्रलयको कम्पनले
 क्षतविक्षत मन लिएर
 तर्सदैँ छ मान्छे बाँच्ने जिजीविषामा ।