May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार

नयाँ वर्ष

हुँदैछ नयाँ वर्ष  आगमन  
पलाउँदैछन्  नयाँ पालुवा 
आउँदैछ नयाँ नौलो  परिवर्तन
आउँदैछ वर्ष  नव  नवीन । 

आशा र भरोशाहरू
थपिएका छन् सुख र  खुसीयालीका
प्रगतिका पाइलाहरुलाई सफलतामा
पु¥याउन आउँदैछ नयाँ वर्ष । 

हुँदै छ एउटा वर्ष पुरानो 
नव वर्ष  आउँदैछ  भव्य रूपले
गरिँदै छ  यसको स्वागत
ओठका  मिठा  मुस्कानहरू जस्तै ।

सुनौलो  जीवन बनाउन आउँदै छ नयाँ वर्ष
नयाँ नेपाल निर्माण  गर्न  आउँदै छ नयाँ  वर्ष  
सूर्य  उदाएझैँ ठुलो ऊर्जासँग उदाउँदै छ नयाँ वर्ष  
नयाँ वर्षको हुँदै छ  आगमन ।