March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

आँसु मात्र आमा

वरपीपलझैँ हुन्छ अरे आमा तिम्रो छाया
अनुभव छैन मलाई आमा तिम्रो माया
सूर्यलाई हत्केलाले छोप्न खोजेँ आमा
अभागी पो रैछु म त पाइनँ देख्न आमा ।

यादहरूले सताउँदा घुट्को आँसु पिउँछु
बाँच्नुपर्छ चिरिएको मुटु आफै सिउँछु
थाहा छैन जिन्दगीले किन दिन्छ चोट
स्वर्थी समाज लगाउँछ आमा मलाई खोट ।

निरन्तर बग्छ आमा आँसुको यो भेल
खोटो भाग्य दिन्नँ भन्छ आमासँग मेल
थाहा छैन तिमीलाई भेट्न पाउँला आमा ?
तिमी छैनौ आँखाभरि आँसु मात्र आमा ।