शिक्षामा प्रविधिको प्रयोग
विज्ञानमा अभिशाप नभई चलिरहने शिक्षा
अन्धकारमा दियोझैँ बलिरहने शिक्षा
शिक्षा प्रविधिबाट सुरु हुन्छ हाम्रो भविष्य
बनाउनुपर्छ हामीले बलियो भावी दृश्य ।
शिक्षा भनेको ज्ञानको ज्योति हो । नकारात्मक पक्षलाई हटाएर सकारात्मक परिवर्तन ल्याउनुलाई शिक्षा भनिन्छ । मानिसको दैनिक जीवनमा गरिने कामलाई सरल रूपमा सम्पन्न गर्ने यन्त्रहरूलाई प्रविधि भनिन्छ । शिक्षा र प्रविधि एक रथका दुई पाङ्ग्रा हुन् ।
हामीलाई थाहा भएको कुरा हो– उच्च शिक्षा हासिल गरेका पाखुराभरि बल भएका हाम्रा देशका युवाहरू सात समुद्रपारि अर्कैका देशमा पसिना बगाइरहेका छन् । कृषिप्रधान देश भनी चिनिएको हाम्रो देश आज हिमाल–पहाडका मानिसहरू खेतीकिसानी छाडेर सेवा सुविधा प्राप्तिका लागि सहरमा अव्यवस्थित तरिकाले बसोबास गर्न बाद्य भएका छन् । अरू त कुरै छाडौँ राजधानीका बाटाहरू हेरौँ– धुँवा र धुलो खाएर जिउनुपर्ने अवस्था छ । जलस्रोतको धनी देश नेपालको विडम्बना किनेर पनि प्रदूषित पानी नै पिउनुपर्ने अवस्था छ । जल र जङ्गल, जडिबुटी सम्पदा विशाल छन् तर अन्य विकसित राष्ट्रका तुलनामा प्रविधिको प्रयोग हुन सकेन हाम्रो देश नेपालमा । आकाशमा उड्नेदेखि लिएर जमिनमा गुड्ने त छँदै छ अन्तरिक्षमा पुगेर मानव बस्ती बसाएका छन् अरूहरूले । विश्वमा घटेका घटना र आविस्कार भएका नयाँ नयाँ सूचनाहरू एकेचोटि व्यापक रूपमा प्रसारण हुन थालेका छन् । तर पनि हामी र हाम्रो मुलुक शिक्षामा प्रविधि र प्रविधिको शिक्षामा पछाडि नै परेको तितो यथार्थ स्वीकार गर्नै पर्छ ।
कोरोना भाइरसका कारण हाम्रा देशमा पनि लकडाउन भयो । हामी विद्यार्थीले जसरी भए पनि ज्ञान हासिल गर्नुपर्ने हाम्रो मुख्य उद्देश्य थियो । त्यसैले हामी पुस माघको जाडोमा थुरथुर काप्दै विद्यालयसम्म आउने वातावरण थिएन र हमीले धरमै बसेर अनलाइनका माध्यमबाट कक्षा लियौँ, ज्ञान हासिल ग¥यौँ । यो हामीले शिक्षामा गरेको प्रविधिको प्रयोगको सानो नमुना हो ।
मानिस एउटा चेतनशील, परिवर्तनशील र प्रगतिशील प्राणी हो । मानव सभ्यताको इतिहासलाई हेर्ने हो भने हाम्रा पुर्खाहरू ढुङ्गे युगदेखि आजका हामी आधुनिक युगसम्म आउनुको मुख्य कारण शिक्षा र प्रविधि नै हो । तसर्थ शिक्षामा प्रविधि र प्रविधिको शिक्षा हासिल गरेपछि किताब र कापीका पानामा मात्र सीमित नभएर व्यवहारमा उतार्न जरुरी छ ।
मानिसले गर्ने हरेक क्रियाकलाप र सकारात्मक परिवर्तनका लागि प्रविधि अपरिहार्य छ । त्यसैले आज शिक्षामा पनि प्रविधिको प्रयोग गर्दै पहाडका पाखापखेरामा लगाइने फलपूmलका बिरुवा तराईका फाँटमा भरौँ । धानका भकारी निर्माण गर्ने दक्ष जनशक्ति बिदेसिनबाट रोकौँ, बिदेसिनेहरूलाई आफ्नै देशमा उद्योग कलकारखाना निर्माण गरौँ । सजिलै रोजगारी पाउनका साथै देशमा आर्थिक अवस्था सुधार्न ठुलो सहयोग पुग्ने छ । असम्भवलाई सम्भव बनाउनु हाम्रो कर्तव्य हो ।
हाम्रा पुर्खाहरू विगतमा कुनै आश्रम अथवा रूखका फेदमा बसेर ज्ञान लिन्थे । आज हामीले विद्यालयमा इमेल, इन्टरनेट, कम्प्युटरका माध्यमबाट नयाँ ज्ञान सिक्न पाएका छौँ । किताबमा लेखिएका ज्ञानहरू समय परिवर्तनसँगैँ पुराना हुँदै जान्छन् तर कम्प्युटरका माध्यमबाट नयाँ ज्ञान सिक्न पाइन्छ । देशलाई शक्तिशाली, समृद्धशाली बनाउन जल–जमिनलाई सही रूपमा प्रविधिको प्रयोग गरी उपयोग गर्न जरुरी छ । हामी प्रविधिको प्रयोग गर्दै अगाडि बढ्यौँ भने हाम्रा भावी सन्तानले पनि त्यही बाटो समात्ने छन् । त्यसैले शिक्षामा प्रविधि र प्रविधिको शिक्षा जान्न जरुरी छ ।
लेखकको सम्वन्धमा