गरिब
चाहिँदैन मलाई महल
सानो भुपडी भए पुग्छ
चाहिँदैन मलाई सोफा
सानो पिर्का भए पुग्छ ।
चाहिँदैन मलाई धनसम्पत्ति
बाआमाको माया भए पुग्छ
चाहिँदैन मलाई चौरासी व्यञ्जन
ढिँडो र सिस्नो भए पुग्छ ।
नसोच म गरिब हुँ
ठुल्ठुला महल बनाउने कर्मी म नै हुँ
लुगा पुराना होलान्
मेरो मन सफा छ
हिरा र मोतिजस्तै चम्किरहन्छ ।
लेखकको सम्वन्धमा