गीत
![](https://jharanasanchar.com/wp-content/uploads/2021/03/लामिछाने-मातृका.jpg)
चढेर नशा प्रेमको सुगन्ध खोली ओठ मुस्कान दियौ मन्द मन्द फुलेर बैंस बास्ना यत्रतत्र फैलायौ मायाको सुगन्ध सर्वत्र अहो रूप कस्तो वर्णन के गरूँ एकनास त्यही मुहार हेरिरहूँ मृगनयनले गरी वाण प्रहार लाली ओठभित्र चाँदीका लहर हिँडाइ हंसको छ चालढाल उड्न नदेऊ बैंस छेकी सम्हाल कम्मर छिनेको छ बान्की परेको कोकिल कण्ठले छ बोल्ने गरेको लामो केशराशी झरी पिठमुनि सँगै काटौँ जीवन आऊ सातै जुनी चढेर नशा प्रेमको सुगन्ध खोली ओठ मुस्कान दियौ मन्द मन्द !!
लेखकको सम्वन्धमा