March 20, 2023, Monday
२०७९ चैत्र ६, सोमबार

मन

नामः आँचल अधिकारी
कक्षाः १०
विद्यालयः लिभरपूल माध्यमिक विद्यालय

थाहा छैन अनायासै यो मन किन डराउँछ
मरुभूमिमा पुग्दा पनि खोला बगरतिरै हराउँछ
रातमा दिनको अनुभवमा हराउँछ
चरीजस्तै स्वतन्त्र भई उड्न मन पराउँछ।

जे मस्तिष्क सोच्छ सोच्दैन यो मन
स्थिर हुँदैन जहाँ अडिरहेछ तन
ठान्दछ यसले भावना नै यसको धन
टाढिन खोज्दा पनि देखाउँछ आत्मीयपन।

कहिले कठोर त कहिले नरमको उपाधी लिन्छ
जोख तौल नगरी, माया साटी अनायासै फाटिदिन्छ
कल्पनामै भावनाका छाल तरङ्गित बनाइदिन्छ
हरेक निर्णयको दोषी आफूलाई जनाइदिन्छ।

हरेक क्रियाकलाप यसकै इसारामा चलाइदिन्छ
पात नहल्लिने रूखको हाँगा हल्लाइदिन्छ
अहो कस्तो अनौठो र मजबुत छ यो मन
हामी सर्वोतकृष्ट सामाजिक प्राणीको धन।