September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार

तिम्रो याद आउँछ

 कहाँ रात बित्थ्यो 
 कलम नचलाई 
 कहाँ अँखा झिम्किन्थ्यो र 
 तिम्रो याद नआई। 
 अब जीवन पनि बाँच्न गाह्रो भो 
 मनको ब्याथा सुनाऊँ कसलाई ? 
  
 लेख्नलाई त 
 म गजल लेख्दिन्थे 
 हिंड्नलाई त 
 म आकाश हिंड्दिन्थे। 
 मुटु पनि काहाँ छ र मेरो बसमा 
 नत्र तिम्रो यादमा जिन्दगी बिताइदिन्थे।। 
  
 सम्झिँदा गाउँका ती पलहरू 
 काहाँ निद्रा लाग्थ्यो र 
 सुत्दा-उठदा तिम्रै अनुहार देख्न मन लाग्छ 
 एकचोटि विपनामा आइदिए हुन्थ्यो ।। 
  
 कलम पनि कति निर्दयी भयो 
 तिमीलाई पत्र लेख्दा ठेगाना लेख्न मान्दैन 
 अब त सबैले साथ छोड्दै छन् 
 आत्मा मेरो एक्लो हुन मन्दैमन्दैन।।